त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एउटा मात्रै उडान

 बैशाख २६, २०७८ आइतबार १४:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ ।

भारतबाट हप्तामा दुई वटा 'एअर बबल' उडान र कार्गो बाहेक अरू उडान नहुँदा विमानस्थल सुनसान रहेको एअर ट्राफिक कन्ट्रोलमा काम गर्ने एक कर्मचारीले बताए । आइतबारका लागि अन्तर्राष्ट्रियतर्फ जम्मा एउटा उडान रहेको विमानस्थलले जनाएको छ ।

आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागेको छ । आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया