‘झलनाथ, माधवले पार्टी विभाजन गरे भने म पनि सहभागी हुन्छु, केपी ओलीसँग बस्न सक्दिनँ’

 बैशाख २७, २०७८ सोमबार १३:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालहरुले पार्टी विभाजन गरेमा आफूहरु पनि उनीहरुसँगै नयाँ पार्टीमा सहभागी हुने घोषणा गर्नुभएको छ । 

नेकपा एमालेमै बसेर समानान्तर गतिविधि गर्ने र कमिटीहरु बनाउने विषयमा आफू सहमत हुन नसक्ने तर पार्टी विभाजन भएमा आफूसमेत सहभागी हुने उहाँले बताउनुभएको हो । 

नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनुपर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहनुभएको बताउनुभएको छ । 

२०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकोले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया