पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
सङ्खुवासभा – सामान्यतया विवाह भनेपछि अघिपछि धेरै जन्ती, बाजागाजा र आफन्त नाचगान गर्दै दुलही लिन जाने प्रचलन छ । तर सङ्खुवासभाको धर्मदेवी नगरपालिका ४ माम्लिङ्गका एक युवकले भने कुनै तामझाम विना मोटरसाइकल चढेर दुलही घर भित्र्याएका छन् ।
ती युवकको विवाह सामान्य तरिकाले सम्पन्न भएको हो । दुई जना मोटरसाइकल चालकको भरमा एउटा विवाह सम्पन्न भयो । विश्वभर फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ का कारण २५ जनाभन्दा बढी उपस्थित नहुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ । त्यसैलाई आत्मसात् गर्दै धर्मदेवी नगरपालिका माम्लिङ्गका ती युवकले भोजपुर तिवारी भञ्जाङ्गकी युवतीलाई दुलहीको रुपमा मोटरसाइकलमा ल्याइ घर भित्र्यााएका हुन् ।
माम्लिङ्गबाट दुलाहा दुई वटा मोटरसाइकल लिएर शनिवार दुलहीको घर तिवारी भञ्जाङ्ग पुगेका थिए । आइतवार उनी दुलहीलाई मोटरसाइकलमा नै लिएर माम्लिङ्ग फर्किएका हुन् ।
कोरोना भाइरसका कारण दुवैतिर थोरै व्यक्ति भेला भइ दुलाहालाई पठाइएको र दुलहीतिर पनि थोरै व्यक्ति भेला भइ कन्यादान दिएर पठाइएको हो ।
यसैबीच सङ्खुवासभामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय एक पुगेको छ । सङ्क्रमितमध्ये ४९ जना आइसोलेशनमा रहेका छन् ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।