थप नाै हजार दुई सय ७१ जनामा काेराेना पुष्टि, चार हजार सात जना सङ्क्रमणमुक्त

 बैशाख २७, २०७८ सोमबार १९:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा नाै हजार दुई सय ७१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिले ९३ हजार एक सय ४१ जना सक्रिय सङ्क्रमित छन् । 

आज एकै दिन चार हजारभन्दा धेरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ७६ प्रतिशत रहेकाे छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा एक सय ३९ जनाको ज्यान गएको छ । एकै दिन ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर निकै बढेको छ । हिजो ८८ जनाको ज्यान गएको थियो, आज त्यो सङ्ख्या बढेर एक सय ३९ जनाको ज्यान गएको छ । योसहित अहिलेसम्म तीन हजार आठ सय ५९ जनाको ज्यान गएको छ ।    

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया