प्रतिनिधि सभाको विशेष अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

 बैशाख २७, २०७८ सोमबार १९:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गर्नुभएको भए पनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

यसैबीच मन्त्रिपरिषद् बैठकलगत्तै कामचलाउ सरकारका प्रधानमन्त्री ओली अहिले राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया