प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा काेराेना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि सुरु गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जेठ २ गतेदेखि खोप लगाउने जनाएको हो ।
काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाण्डाै उपत्यकामा एन्टी कोभिड खाेपकाे दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भिडभाड नगरि व्यवस्था मिलाउन पत्राचार गर्ने बताउनुभयो ।
खोप कार्यक्रमका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने छ ।
यसअघि चैत १६ गते चिनियाँ खाेपकाे पहिलाे डाेज नेपाल आइपुगेकाे थियाे । नेपालमा काेराेना सङ्क्रमण दर बढ्दै जाँदा निषेधाज्ञा लगाइएपछि खाेप अभियान स्थगित भएकाे थियाे ।