चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड नाघ्यो

 बैशाख २८, २०७८ मंगलबार ९:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो तथ्यांकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुकाे सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । चीन सरकारले सन् २०१७ मा एक बच्चा नीति परिवर्तन गरेपछि जनसङ्ख्या वृद्धिदर बढेको समाचार संस्था एएफपीले जनाएको छ ।

एक बच्चा नीति परिवर्तन भएपछि मात्रै पाँच प्रतिशत जनसङ्ख्या वृद्धि भएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया