कुवेतले आंशिक कर्फयु हटाउने, नेपालीसहित चार देशका नागरिकको प्रवेशमा भने प्रतिबन्ध

 बैशाख २८, २०७८ मंगलबार १०:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ । 

तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ । यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया