गाउँमै काेराेना परीक्षण, स्वास्थ्यकर्मीलाई दैनिक ५ सय रुपैयाँ भत्ता

 बैशाख २८, २०७८ मंगलबार १०:३९:५४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे पलाँता गाउँपालिका विपद् व्यवस्थापन समितिले कोरोना संक्रमणको लक्षण भएकाहरुलाई घरमै पुगेर एन्टिजेन परीक्षण गर्ने भएको छ ।

स्थानीय राजनीतिक दलसहितको सहभागीतामा सोमबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाममा सहयोग पुर्‍याइरहेका स्वास्थ्यकर्मीहरुलाई प्राेत्साहन स्वरुप दैनिक ५ सय रुपैयाँ खाना खर्च उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

बैठकले कोरोना रोकथाम तथा उपचारका लागि उपसमिति समेत गठन गरेको छ । स्थानीय इन्द्र रोकायाको संयोजकत्वमा ९ सदस्यीय माववीय उद्धार तथा व्यवस्थापन समिति,लोकेन्द्र बुढाको संयोजकत्वमा क्वरेण्टीन तथा आइसोलेशन सेन्टर व्यवस्थापन समिति र धर्मराज बमको संयोजकत्वमा आवश्यक सामाग्री खरिद समिति गठन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

बैठकले बाहिर जिल्लाबाट जितेगडासम्म, जितेगडादेखि घाटाचौर र गाउँपालिकाभित्र आवश्यक व्यवस्थापनका लागि तीन वटा गाडीको समेत व्यवस्थापन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया