बाँकेमा एकै रात १२ जना सङ्क्रमितको ज्यान गयो

 बैशाख २८, २०७८ मंगलबार १०:५१:११ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – बाँकेमा गएराति मात्रै १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया