शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण बन्द

 बैशाख २८, २०७८ मंगलबार १२:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ । 

अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।

पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया