पूर्वराजा ज्ञानेन्द्र शाह काेराेना सङ्क्रमणमुक्त, कोमलको स्वास्थ्य सुधार

 बैशाख २८, २०७८ मंगलबार १७:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । दुई जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।

सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट शय्यामा सारेर उपचार भइरहेको छ ।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा दम्पतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल भने निको भएर घर फिर्ता हुनुभएको छ ।    

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया