काेराेना सङ्क्रमणबाट थप दुई सय २५ जनाकाे ज्यान गयाे, नाै हजार चार सय ८३ सङ्क्रमित थपिए

 बैशाख २८, २०७८ मंगलबार १७:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण नेपालमा थप दुई सय २५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८४ पुगेको छ ।

यस्तै २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार पाँच सय ९६ पीसीआर र सात सय २० जनाको एन्टिजेन परीक्षण गर्दा नौ हजार चार सय ८३ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय २५ जना निको भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

काठमाण्डाै उपत्यकामा मात्रै गएकाे २४ घण्टामा तीन हजार नाै सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा दुई हजार सात सय ८८, भक्तपुरमा पाँच सय ३७ र ललितपुरमा ६ सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया