‘काेराेना ह्वाँ... ह्वाँ ... रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो... ... ।’

 जेठ १८, २०७८ मंगलबार १६:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई माया गर्ने सबै जनाप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले आफूलाई आर्शीवाद दिने र आफ्नो स्वास्थ्यप्रति चिन्ता राख्नेसँगै उपचारमा खटिने डाक्टर, नर्सप्रति आफू कृतज्ञ रहेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले दर्शक, श्रोतासहित सबैको मायाको बलले कोरानारूपी विषलाई मज्जाले पचाएको बताउनुभयो । उहाँले सबैको माया, शुभेच्छा, प्रार्थना, र आशीर्वादकाे बलले गर्दा कोरोनाले  जित्न नसकेको बताउनुभएको छ । 

उहाँले लेख्नुभएको छ, ‘कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ बस गरेर ह्वाँ... ह्वाँ ... रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो... ... । अब शरीरमा अलि अलि शिथिलता बाकीँ छ । त्यो पनि अलि अलि गर्दै कम–कम  हुँदैछ ।’ 

यस्तै उहाँले सरकारले काेराेना सङ्क्रमणलाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो खाेप बटुलेर नागरिकलाई दिएर ज्यान बचाउन तिर लाग्न सुझाव दिनुभएकाे छ । 

  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया