भेरी अस्पताल घटनाको प्रतिवेदनमाथि अध्ययन सुरु

 जेठ १८, २०७८ मंगलबार १८:३९:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कार्यालय समय (डिउटी) मा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययन सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमवार बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिँदै तत्कालै कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्रतिवेदनमा भेरी अस्पतालमा भएको घटनाबाहेक अस्पतालको समग्र व्यवस्थापन सुधार गर्न जनशक्ति आवश्यकताअनुसार थप गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले चार दिनमा प्रतिवेदन तयार पारेर बुझाएको हो । 

गएकाे शुक्रवार जेठ १४ गते भेरी अस्पतालमा उपचारका क्रममा एक जना काेराेना सङ्क्रमितकाे ज्यान गएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।  

अन्तिम अपडेट: चैत २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया