प्याब्सन, एनप्याब्सन र मिदास प्रालिबीच सहकार्य

 जेठ २४, २०७८ सोमबार ११:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएशन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजी प्रालिसँग सहकार्य गरेका छन्। 

प्याब्सन र एनप्याब्सनले मिदाससँग गरेकाे सहकार्य अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service मार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएकाे छ ।

मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor (Telemedicine सेवा) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरुले नियमित रुपमा भिडियोमार्फत परामर्श दिनेछन् ।  बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट Mero Doctor मा उपलब्ध कुनै पनि डाक्टरहरुसँग  एपोइन्टमेन्ट लिइ दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।

Mero Doctor बाट सेवा कसरी लिने ?

⦁ बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र ठाउँबाट यो Telemedicine सेवा लिन सक्नुहुनेछ ।

⦁यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor एप डाउनलोड गर्न सकिन्छ । 

⦁आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor एप डाउनलोड गर्न सकिन्छ । 

⦁ ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ ।

⦁Mero Doctor कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com​/help ले थप मद्दत गर्नेछ । सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।

⦁ निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिने छ :9847691129, 9823012581, 9847393153, 9847396536

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया