कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

 असार १, २०७८ मंगलबार ६:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया