नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा

 असार २, २०७८ बुधबार १४:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्ले अफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।

एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा स्थान बनाएपछि हरेक समूहको चौथो स्थानमा रहने टोली सिधै तेस्रो चरणमा प्रवेश गरेका हुन् । पुछारका टोलीले भने तेस्रो चरण पुग्नका लागि प्लेअफ नै खेल्नुपर्नेछ ।

नेपालसँगै थाइल्याण्ड, सिङ्गापुर, मङ्गोलिया, माल्दिभ्स, हङकङ, श्रीलङ्का, यमन, बङ्गलादेश, म्यानमार र अफगानिस्तानसँग तेस्रो चरणमा पुगेका छन् ।

विश्व कप छनोट अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दुई पटक चाइनिज ताइपेईलाई हराएर चौथो स्थान सुरक्षित गरेको थियो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया