खेतमा गएर फर्किँदै गर्दा सप्तरीमा एक बालकलाई नदीले बगायाे

 असार २, २०७८ बुधबार २०:५:१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान नदीले बगाएका एक बालककाे शव भारतमा फेला परेकाे छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्‍याउन गएका बलान बिहुल ४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्ताेष भण्डारीलाई नदीमा आएको बाढीले बगाएको हो । 

नदीपारि खेतमा काम गरिरहेका दाजु सुनील भण्डारीलाई भात पुर्‍याएर फर्किने क्रममा सन्ताेषलाई बाढीले बगाएको स्थानीयवासीले बताएका छन् । नदीले बगाएकाे केही घण्टापछि सन्ताेषलाई  भारतकाे बिहार राज्यका बलानपट्टी गाउँका मानिसहरूले नदीबाट निकाल्दासम्म उनकाे ज्यान गइसकेकाे थियाे ।

मृतक बालककाे शव पाेस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभएकाे छ ।   

अन्तिम अपडेट: चैत २४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया