दाङमा सर्पले डस्दा बालिकाकाे ज्यान गयाे

 असार ४, २०७८ शुक्रबार १८:३२:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएकाे हाे । 

सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसकाे केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बाेहाेरालाई गोमन सर्पले डसेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया