युराे कपमा स्विडेनले स्लाेभाकियालाई हरायाे

 असार ४, २०७८ शुक्रबार २०:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्विटर/युराे कप २०२०

काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा स्विडेनले स्लाेभाकियालाई हराएकाे छ । सेन्ट पिटर्सबर्गमा भएकाे खेलमा स्विडेनले स्लाेभाकियालाई एक–शून्यले हराएकाे हाे ।

पहिलाे हाफ बराबरीमा सकिए पनि खेलकाे ७७ औँ मिनेटमा स्विडेनका इमिल फाेर्सबर्गले पेनाल्टीमार्फत गरेकाे गाेल नै निर्णायक बन्याे । 

याे जितसँगै स्विडेन समूह 'ई' काे शीर्ष स्थापनमा उक्लिएकाे छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेकाे छ । स्लोभाकिया भने दुई खेलमा तीन अङ्ककाका साथ दोस्रो स्थानमा झरेको छ । 

युराे कपमा आज राति पाैने दश बजे क्राेएशिया र चेक रिपब्लिकले खेल्दै छन् । त्यस्तै राति पाैने एक बजे हुने खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्दै छन् ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया