युराे कपमा चेक रिपब्लिक र क्रोएसियाको बराबरी

 असार ४, २०७८ शनिबार ५:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलको हिजोको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवैले एक/एक गोल गरेर बराबरी खेलेका हुन् । खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेर बराबरी बनाए । बराबरीसँगै समूह 'डी' मा रहेको क्रोएसियाले दुई खेलमा एक अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । दुई खेलमा चार अङ्क जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया