पहिरोले खसालेका ठूला ढुंगा हटाइयो, सहज बन्यो कर्णाली राजमार्ग

 असार ११, २०७८ शुक्रबार १२:३९:२३ | नेत्र शाही
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – पहिरोले सडकमा खसालेका ठूला ढुंगा हटाइएसँगै कर्णाली राजमार्ग सहज बन्दै गएको छ । 

डिभिजन सडक कार्यालयका अनुसार जुम्ला देखि दही खोलासम्म विभिन्न ठाउँमा गएको पहिरोमा खसेका ठूला ढुंगा हटाएपछि सडक खुलाइएको हो । जुम्लाको रारालिही, कालिकोटको भिग्म र राँचुली क्षेत्रको सकडमा ठुलठूला ढुंगा खसेपछि बन्द भएको सडक स्काभेटर लगाएर खोलिएको छ । पाँच दिन  लगातार ईन्जिनियर, प्राविधिकसहितकाे टाेली खटिएर बाटो खुलाइएको कार्यालयले जनाएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया