पहिरोले बन्द महाकाली राजमार्ग खुल्यो, १२ ठाउँका सडक अझै बन्द

 असार ११, २०७८ शुक्रबार १४:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोले बन्द भएको महाकाली राजमार्ग खुलेको छ । बैतडीकाे सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने ठाउँमा पहिरो खसेपछि सडक बन्द भएको थियो । शुक्रवार बिहान नौ बजेदेखि ठप्प राजमार्गकाे पहिरो पन्छाएर दिउँसोदेखि खुलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव अधिकारीले जानकारी दिनुभयो ।

केही दिनअघि परेको लगातारको वर्षाका कारण पहिरो खसेको थियो । राजमार्ग बन्द हुँदा गाडी आवतजावतमा समस्या हुँदा यात्रु अलपत्र परेका थिए । बन्द राजमार्ग खुलेसँगै गाडीकाे आवतजावत सुरु भएको छ ।

पहिरोका कारण बन्द भएका देशका विभिन्न ५८ वटा सडकमध्ये २९ वटा एकतर्फी र २७ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ ।

साँफेबगर– मार्तडी सडक खण्डमा पर्ने बाजुराको बल्दे–अम्कोट, डुम्रे–बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा, तिमाङ खोला, धारापानी, बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे, घट्टे खोला लामो समयदेखि बन्द छन् ।

त्यस्तै अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, भार्खुखोला र गाँजाबारीको सडक बन्द रहेको छ । बन्द भएका सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया