माइतीघरबाट पक्राउ परे पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी

 असार ११, २०७८ शुक्रबार १४:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरू पक्राउ परेका छन् । आफूहरूलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका इन्जिनयर र सब–इन्जिनियर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि एक सय १० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि रुष्ट भएका प्राविधिक कर्मचारीहरूले विरोध गर्दै आज प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएका बेलामा पनि विरोध प्रदर्शन भइरहेको भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् । भिडभाड र जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञले चेतावनी दिएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया