तिब्बतकाे ल्हासादेखि निङ्ची सहरसम्म 'बुलेट' रेल सेवा सुरु

 असार ११, २०७८ शुक्रबार १७:३:५० | एजेन्सी
unn.prixa.net

ट्विटर : चाइना सिन्ह्वा न्युज

काठमाण्डाै – चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरु भएको छ । यो रेल प्रति–घण्टा एक सय ६० किलोमिटरका गतिमा कुद्ने बीबीसीले जनाएको छ ।

रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने एक सय २१ वटा पुल निर्माण गरिएकाे छ । रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । ४ दशमलव ८ अर्ब डलर लगानीमा सन् २०१४ देखि  रेलमार्ग बनाउने काम सुरु भएको थियो ।

सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो भने आज उद्घाटन गरिएको हो । चीनमा जुलाई १ तारिखमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिकोत्सव मनाइँदैछ । त्यसको एक हप्ताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो ।

निङ्ची सहर भारतको अरुणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ । अरुणाञ्चलबारे भारत र चीनबीच विवाद छ । चीनले अरुणाञ्चल तिब्बतको क्षेत्र भएको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया