बारामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयाे

 असार १८, २०७८ शुक्रबार १०:१७:२२ | जयनारायण यादव
unn.prixa.net

सर्लाही - बारामा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ वर्षीय रामदेव पटेलको ज्यान गएको हो।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने नौ बजे जङ्गली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको र उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो।

जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया