भारतीय अभिनेता दिलीप कुमारको निधन

 असार २३, २०७८ बुधबार ८:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको  निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया