नेपालगञ्ज उपमहानगरले दियाे एक सय ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

 असार २३, २०७८ बुधबार १७:२३:४५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साइकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत दुई सय एक जनामध्ये एक सय ६८ स्वयंसेविकालाई बुधवार उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले साइकल हस्तान्तरण गर्नुभएकाे हाे । 

महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हाेस् भनेर नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साइकल सहयोग गरिएको मेयर राणाले बताउनुभयो ।

३३ जना महिला स्वास्थ्य स्वयंसेविका ६० वर्ष उमेर पूरा भएका कारण असारपछि अवकाश पाउने भएकाले उनीहरूलाई साइकल हस्तान्तरण नगरिएकाे उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले उपमहानगरले गरेको सहयोगले आफूहरूलाई थप जिम्मेवार बनाएको बताए ।  

अन्तिम अपडेट: चैत २, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया