दराजको सामान आइएमई पेबाट भुक्तानी गर्दा आइफाेन-१२ लगायत थुप्रै उपहार पाइने

 असार ३१, २०७८ बिहिबार ७:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, आउँदाे साउन १ गतेबाट सुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आइफाेन-१२​ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिने भएकाे छ । 

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गर्नुभएको छ । बुधवार पानीपोखरीमा रहेकाे आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड–१९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडेर डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया