अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
दाङ तुलसीपुर नजिकैको वनगाउँका झण्डै ४० घरमा घोडा पालिएको छ । उनीहरु सवेरै घोडा चढेर निस्कन्छन् । धान, मसुरो लगायतका बाली खोज्न टाढा गाउँसम्म पुग्छन् । सिजनअनुसारको बाली फेला पार्न मुश्किल पर्छ । फेला पारिहाले पनि भाउ मिलाउन कठिन हुन्छ । भाउ मिलेपछि उनीहरु खरिद गर्छन् । मिलमा कुट्ने पिस्ने काम सकेर बजार डुल्छन् ।
घरबाट गाउँसम्म पुग्दा घोडाले मान्छे बोक्छ । गाउँबाट बाली किनेपछि बजारसम्म पुर्याउँदा घोडाले भारी बोक्छ । वस्तीका मान्छेलाई गुजारा चलाउन घोडाको भर पर्नुपर्छ । घोडाले आफ्नो मालिकबाट रेखदेख र दानापानी पाउछ, घोडाबाट मालिकले यातायातको सेवा ।