एसईईको नतिजाअघि नै भर्ना नलिन आग्रह

 साउन ४, २०७८ सोमबार १८:२०:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।  

महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्था विपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिक सत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि, कलेजलाई आग्रह गरेको हो ।   

शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा भनिएको छ, कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेशन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोसाक र शैक्षिक सामग्री विद्यालयले भनेकै ठाउँमा किन्नका लागि बाध्य नबनाउनू । 

त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के–कति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोके अनुसार छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गराउने तथा त्याे सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया