सन् २०३२ काे ओलम्पिक अस्ट्रेलियाकाे ब्रिसबेन सहरमा हुने

 साउन ६, २०७८ बुधबार १८:५६:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/एएनआई डिजिटल

काठमाण्डाै – सन् २०३२ को ओलम्पिक र पारालम्पिक गेम अस्ट्रेलियाको ब्रिसबेन सहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले स्वीकृत गरेपछि अस्ट्रेलियाको सहरले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने भएको हो ।

टोकियोमा बुधवार बसेको आईओसी बैठकले ब्रिसबेनलाई सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सहरका रूपमा छनोट गरेको हो । योसँगै अस्ट्रेलिया तेस्रो पटक ओलम्पिकको आयोजक बन्ने भएको छ । यसअघि सन् १९५८ मा मेलबर्न र सन् २००० को ओलम्पिक सिड्नीमा आयोजना भएको थियो ।

सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिस र सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एनजल्समा आयोजना हुने यसअघि नै तय भइसकेको छ ।

यसैबीच सन् २०२० को टोकियो ओलम्पिक भने कोरोना महामारीका कारण झन्डै एक वर्ष ढिलो गरी पर्सि बिहीवारदेखि सुरु हुँदैछ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया