बाँके : डुडुवा खाेलाकाे बाँधमा डुबेर तीन जनाकाे ज्यान गयाे

 साउन ६, २०७८ बुधबार १९:५६:२ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – बाँकेमा डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनीहरूकाे ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया