प्रचण्ड, नेपाल, विप्लव र वैद्यलगायत नेताले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

 साउन ८, २०७८ शुक्रबार १२:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य कम्युनिस्ट पार्टीका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले अहिले साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा गर्न लागेको कार्यक्रममा प्रचण्ड र नेपालसहित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि यो कार्यक्रममा सम्बोधन गर्ने भएका छन्। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने कार्यक्रममा बोलाइएको छैन ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया