स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापामा एक जना पक्राउ

 साउन ९, २०७८ शनिबार १८:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको ४० लाख ३७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बोकेको पैसाको स्रोत नखुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया