गएको आर्थिक वर्षमा तीन सय ८६ उद्योग दर्ता, झन्डै १८ हजारले रोजगारी पाउने

 साउन १०, २०७८ आइतबार १४:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

उद्याेग विभाग

काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालमा तीन सय ८६ वटा उद्योग दर्ता भएका छन् । स्वदेशी र विदेशी गरी एक खर्ब ८८ अर्ब रुपैयाँ लगानीका तीन सय ८६ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

यसमध्ये एक खर्ब ५६ अर्ब रुपैयाँ स्वदेशी लगानीका दुई सय तीन वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार ११ हजार आठ सय ८३ जनालाई रोजगारी दिने गरी एक खर्ब ५६ अर्ब रुपैयाँको स्वदेशी लगानीका साना, मझौला र ठूला उद्योग दर्ता भएका हुन् । 

यस्तै गएको वर्ष ३२ अर्ब दुई करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ । एक सय ८३ वटा उद्योगका लागि ३२ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी स्वीकृत भएको हो । वैदेशिक लगानीबाट एक सय ७१ साना उद्योग, ६ वटा मझौला र ६ वटा ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ । 

विदेशी लगानी स्वीकृत गर्दा पाँच हजार आठ सय ३३ जनालाई रोजगारी मिल्ने उद्योग विभागले जनाएको छ । समग्रमा गएकाे वर्ष स्वदेशी र विदेशी लगानीमा दर्ता भएका उद्योगबाट १७ हजार सात सय १६ जनाले रोजगारी पाउनेछन् । 

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गएकाे वर्ष ७४ वटा स्वदेशी उद्योग र ३८ वटा विदेशी लगानीका उद्योग दर्तामा कमी देखिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया