काठमाण्डाै उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्बियाे, के गर्न पाइन्छ–के गर्न पाइँदैन ?

 साउन १०, २०७८ आइतबार १६:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा १० दिन थप गरिएकाे छ । काठमाण्डाै उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेध आदेशअनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी गर्न पाइने छैन । यस्तै चलचित्र हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, सङ्ग्रहालय र दर्शकसहितका खेलकुदका गतिविधि गर्न पाइने छैन ।

यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेक मन्दिरहरू बन्द रहने छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म ढुवानीका साधन चलाउन पाइने छैन ।

भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन तर एउटा कोठामा बढीमा २५ जना राखेर स्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । साथै भौतिक रूपमा गर्नै पर्ने गोष्ठी, सेमिनार तथा तालिममा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन पाइने छैन ।

काठमाण्डौ भित्रिने सार्वजनिक गाडी यसअघि नै सञ्चालन गर्न दिइसकेकाले यातायातमा स्वास्थ्यमा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।  

यस्ताे छ आदेश–

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया