श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

 साउन ११, २०७८ सोमबार ७:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो ।

भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो। श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६ धनुष शनकाले १६ तथा मिनोद भानुकाले १० रन जोडे ।

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहरले दुई विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, युभेन्द्र चहल, वरुण चक्रवर्ती र क्रुनल पाण्डेयले एक /एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । 

भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, इशान किसनले २० र हार्दिक पाण्डेयले १० रन बनाए । 

श्रीलङ्काका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुई/दुई विकेट लिए । यस्तै, चमिका करुनारत्नेले एक विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एक दिवसीय भारतले जितेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया