ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग, प्रधानमन्त्री बर्खास्त

 साउन ११, २०७८ सोमबार १०:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ ।

ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ ।

उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया