रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी

 साउन ११, २०७८ सोमबार १३:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो ।

इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा सीमा प्राधिकरण (पिबा) र नेपालको वैदेशिक रोजगार विभागले समन्वय गरिरहेको छ । श्रमिक पठाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सूचना प्रकाशित गरिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

के-कस्ता कुराहरु समेटेर सूचना प्रकाशन गर्ने भन्ने बारेमा विवरण पिबामा पठाएको र उसले उपलब्ध गराएको भोलिपल्टै सूचना प्रकाशित गरिने विभागका इजरायल रोजगारी शाखा प्रमुख तथा फोकल पर्सन डम्बरबहादुर सुनुवारले बताउनुभयो । त्यही आधारमा नै बाँकी कुराहरु प्रष्ट भइने उहाँको भनाइ छ । 

‘पिबाले आज या भोलि नै हामीलाई जानकारी गराउँछ होला’, उहाँले भन्नुभयो, ‘त्यही अनुसार इजरायल जान चाहने श्रमिकको लागि हामी सूचना प्रकाशन गर्नेछौँ ।’

विभागले सूचना जारी गरेको २१ दिनमा परीक्षा तोकिने छ । परीक्षा अंग्रेजी भाषामा हुनेछ । रोजगारीमा इजरायल जान दश कक्षा उत्तिर्ण गरेकाले सीएमए वा अनमी पढेको हुनुपर्ने अथवा बाह्र कक्षा उत्तिर्ण गरेकाहरुले तीन महिने ‘केयर गिभिङ’ तालिम लिएको हुनुपर्नेछ ।

उमेर २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । अहिले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक पठाउने तयारी भएको छ । 

विभागका अनुसार दुवै पक्षको समन्वयमा नै खर्च, श्रमिक भर्ती प्रक्रिया अगाडि बढ्ने छ । कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने, पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ । तर कुन खोप लगाउने, उता गएपछि क्वरेण्टीनमा बस्ने या नबस्ने भन्ने बारेमै अझै निर्णय भएको छैन । यस्तै हवाइ भाडा श्रमिक आफैले बेहोर्नुपर्ने निर्देशक सुनुवारले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

4 Comments

  • Umesh Ray

    July 28, 2021, 1:37 p.m.

    A.H.W +2 Clear

  •  0 Reply
  • Nikesh Tamang

    July 27, 2021, 7:14 p.m.

    I want to go there in Israel I have 7 years experience about the mc Donald s fast food company and customer satisfaction thank you

  •  0 Reply
  • Rampati tharu

    July 27, 2021, 3:08 p.m.

    How to apply

  •  0 Reply
  • Durga kunwar

    July 26, 2021, 2 p.m.

    I want to go for this job. I am 26 years old young person. If you give me this opportunity I will increase my skills.

  •  0 Reply

तपाईको प्रतिक्रिया