शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग खेल्ने

 साउन ११, २०७८ सोमबार १४:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर शाहीद अफ्रिदीले नेपालबाट क्रिकेट खेल्ने भएका छन् । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।

काठमाण्डौ किङ्ग्स–११ ले आज सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाकिस्तानका भेट्रान खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो ।

४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् । यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।

चौथो संस्करणको ईपीएल आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया