नेप्से सामान्य घटे पनि सात कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

 साउन ११, २०७८ सोमबार १५:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ५५ अङ्कले बढेको नेप्से आज साेमवार भने घटेको छ । नेप्से आज आठ दशमलव २४ अङ्कले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ । 

आज बैंकिङ समूहको शेयर साढे ४३ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर ३४ अङ्कले, अन्य समूहको शेयर साढे १० अङ्कले घटेको छ । आज व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, बीमा र जीवन बीमा समूहको शेयर भने बढेको छ । 

आज दुई सय २३ कम्पनीका तीन करोड ७० लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ३९ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रो, ङादी ग्रुप पावर, हिमालय ऊर्जा विकास कम्पनी र रिडी हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया