८ स्वर्णसहित जापान 'टोकियो ओलम्पिक' को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍याे

 साउन ११, २०७८ सोमबार २०:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ । 

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् । 

यस्तै अहिलेसम्म एक स्वर्ण पदक जित्नेमा इटली, हङकङ, क्रोएशिया, फिलिपिन्स, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तान रहेका छन् ।   

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया