टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

 साउन १२, २०७८ मंगलबार ६:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् ।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटाैँ लेनमा रहेका छन् । एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् । 

टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेकाे छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ । 

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया