जापानकी टेनिस खेलाडी नाओमी ओसाका चेक रिपब्लिककी मार्केटा बोन्द्रुसोवासँग पराजित

 साउन १२, २०७८ मंगलबार १३:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानकी टेनिस खेलाडी नाओमी ओसाका चेक रिपब्लिककी मार्केटा बोन्द्रुसोवासँग पराजित भएकी छिन्। 

विश्वभर दोस्रो नम्बरमा रहेकी २३ वर्षीया टेनिस च्याम्पियन ओसाकालाई ४२ नम्बरमा रहेकी बोन्द्रुसोवाले पराजित गरेकी हुन् । पदकको आशा गरिएकी ओसाकालाई मार्केटाले ६–१ र ६–४ को सोझो सेटले पराजित गरेकी हुन् ।

गएको जुन महिनामा उनको नाम फ्रेन्च ओपनबाट हटाइएको थियो । सन् २०१८ मा ग्राण्ड स्लाम जितेकी ओसाका लामो समय डिप्रेसनमा परेकी थिइन् । उनले चार पटक ग्राण्ड स्लाम जितिसकेकी छिन् ।  

यस्तै टोकियोमा जारी ओलम्पिकमा जापानले अहिलेसम्म आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । पहिलो स्थानमा रहेको अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ भने तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया