क्रुनाल पाण्ड्या काेराेना सङ्क्रमित, भारत र श्रीलङ्काबीचकाे दाेस्राे टी–२० स्थगित

 साउन १२, २०७८ मंगलबार १७:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतका क्रुनाल पाण्ड्या कोरोना सङ्क्रमित भएपछि श्रीलङ्कासँगको दोस्रो टी–२० स्थगित भएको छ । आज बिहान गरिएको नमुना परीक्षणमा क्रुनाल पाण्ड्यामा कोरोना पोजेटिभ देखिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बताएको छ ।

पाण्ड्यामा सङ्क्रमण पुष्टि भएपछि पूरै टोली र उनीहरूसँगै गएका अन्य व्यक्तिको आरटी–पीसीआर परीक्षण गरिँदै छ ।   

बीसीसीआईका अनुसार स्थगित भएको दोस्रो टी–२० भोलि हुनेछ । भारत र श्रीलङ्काले तीन खेलको टी–२० शृङ्खला खेल्न लागेका हुन् । पहिलो टी–२० भारतले जितेको थियो ।

यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पनि भारतले जितिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया