नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै, १३ अर्बभन्दा धेरैको कारोबार

 साउन १३, २०७८ बुधबार १५:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको छ ।  

आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ । 

आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया