टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरण पुग्न भने असफल

 साउन १३, २०७८ बुधबार १६:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जापानमा भइरहेकाे टाेकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले लङ काेर्स (५० मिटरकाे पाैडी पाेखरी) मा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट ००. ११ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । 

यसअघि गाैरिकाले सन् २०१९ मा दक्षिण काेरियामा भएकाे विश्व च्याम्पियनशिपमा एक मिनेट ००. ६२ सेकेन्डकाे समय निकाल्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । यही कीर्तिमान बुधवार गाैरिकाले सुधार गरेकी हुन् । 

यस्तै सय मिटर फ्रिस्टायलको शर्ट कोर्सकाे (२५ मिटरको पाैडी पाेखरी) राष्ट्रिय कीर्तिमान पनि गौरिकाकै नाममा छ। उनले नेपालमा आयाेजना भएकाे १३ औँ सागमा ५८.१३ सेकेन्डकाे राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र शुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।  यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे। 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Ganga paudel

    July 28, 2021, 10:01 p.m.

    समाचार कस्तो हो यो ? कन्फुज कन्फुज ...एकपटक आफै पढ्नु त .....

  •  0 Reply

तपाईको प्रतिक्रिया