सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता : शून्य ह्रासकट्टी,नयाँ गाडी प्रतिस्थापन लगायतका याेजना

 साउन १४, २०७८ बिहिबार १०:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोर्टसका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर बिजमा भएको एक कार्यक्रममा सिप्रदीका तर्फबाट संस्थाका उप–सभापति सौरव राजथपलिया र शिखर इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

यस अटो प्लसमा सम्झौता समेटिएका याेजना टाटा माेटर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रा लगायतमा लागू हुने सिप्रदीले जनाएकाे छ ।  यस अटो प्लस स्किममा गाडीदर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ । यस स्कीमब्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुने कम्पनीले जनाएकाे छ । यस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस / टाटा इन्ट्राका लागि भाडादर १५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन लगायतका  योजनाहरु समेटिएका सिप्रदीले जनाएकाे छ । 

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफूलाई पायक पर्ने कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दाबी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दाबी रहेकाे छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया